अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गर्ने दुई ट्याक्टर गाउँपालिकाको नियन्त्रणमा
पाेखरा | माघ १०, २०८०
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित अधेरीखोलामा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गर्ने दुईवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाएको छ ।
अधेरीखोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेर चोरी निकासी भएको सूचनापछि अस्थायी प्रहरी चौकी बाम्दीबाट खटिएको प्रहरीको टोलीले दुईवटा ट्याक्टरलाई हिजो (मंगलबार) नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाएको हो ।
प्रहरीले अधेरीखोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको आरोपमा ग १ त ५२९० र ग १ त ६२१२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धानका लागि अन्नपूर्ण गाउँपालिकामा बुझाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

